images
images
images

नााउपाकै कैलाश चौधरीले पनि गरे मुख्यमन्त्रीका लागि दाबी पेस

काठमाडौं–नागरिक उन्मुक्ति पार्टीबाट सांसद कैलाश चौधरीले पनि सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाको समर्थनमा चौधरीले दाबी पेस गरेका हुन्। उनले माओवादीका ११, एमालेका १०, नाउपाका सात र राप्रपाका एक सांसदको समर्थन रहेको जनाएका छन्। उनी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका सांसद हुन्।

यसअघि नाउपाकै संरक्षक रेशम चौधरी निकट लक्ष्मण किशोर चौधरीले पनि दाबी पेस गरेका थिए। उनले नेपाली कांग्रेसका १८, नाउपाका सात र नेकपा (एकीकृत समाजवादी)का चार सांसदको समर्थन रहेको दाबी पेस गरेका थिए।

५३ सदस्यीय प्रदेश सभामा सरकारका गठनका लागि २७ सांसद आवश्यक पर्छ। नाउपाका सांसद दुवैतिर जोडिएका छन्।

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले मिलीजुली सरकारका लागि दाबी पेस गर्न आह्वान गरेका थिए। प्रदेश प्रमुखले दिएको समयावधि आज सकिँदै छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS