काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्।
कँडेललाई प्रदेश सभाका ४० सदस्यमध्ये २३ जनाले मुख्यमन्त्रीको पक्षमा मत दिएका हुन्। उनको विपक्षमा ९ मत र तटस्थमा एक मत परेको छ।
मुख्यमन्त्री कँडेललाई माओवादी केन्द्र, नेकपा एमाले र एकीकृत समाजवादीका सांसदहरूले विश्वासको मत दिएका हुन्।