images

सुदूरपश्चिम प्रदेशमा नाउपाकी सांसद थापाले लिइन कृषि मन्त्रीको शपथ 

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा)की सांसद टीका थापाले कृषि मन्त्रीको शपथ लिएकी छिन् ।
थापाले सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ समक्ष पद तथा गोपनीयताको शपथ लिएकी हुन्।
मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज मन्त्री मण्डल विस्तार गर्दै थापालाई कृषि मन्त्रीमा नियुक्त गरेका थिए ।