images

एमाले र माओवादीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने

काठमाडौं–सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज विश्वासको मत लिँदै छन् । उनलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रले विश्वासको मत दिने भएका हुन् ।

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले उनलाई विश्वासको मत दिने निर्णय गरेको हो । प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गर्दै ह्विप समेत जारी गरेको छ ।

त्यसै गरी नेकपा एमालेले पनि सोडारीलाई यस अघि नै विश्वासको मत दिने निर्णय गरिसकेको छ ।