images

विपक्षीको बहिस्कारकाबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले लिए विश्वासको मत

काठमाडौं– सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । कुल ५३ सदस्यीय प्रदेशसभामा सोडारीले २८ मत पाएका हुन् ।

कांग्रेस र नागरिक उन्मुक्ति (रेशम चौधरी पक्षधर) र राप्रपा सांसदहरू मतदान प्रक्रियामा सहभागी भएनन् । बैठक सुरु हुने बित्तिकै विरोधसहित उनीहरूले नाराबाजी गरेका थिए ।

विरोधका बाबजुद सभामुख भीमबहादुर भण्डारीले मतदान प्रक्रिया अगाडि बढाएपछि उनीहरूले बैठक बहिष्कार गरेका थिए । बैठक विपक्षी विहीन रहेको थियो । बैठकमा २८ जना सहभागी भएका थिए ।विपक्षी विहीन प्रदेशसभा बैठकबाट मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत पाएका हुन ।

सोडारीको पक्षमा एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक जना स्वतन्त्र सांसद गरी २८ जनाले मतदान गरेका छन् ।