images

सर्वाेच्च अदालतले माग्यो केदार कार्कीको विश्वासको मत सम्बन्धी सक्कल फाइल

काठमाडौं– सर्वोच्च अदालतले कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको नियुक्ति र विश्वासको मत लिँदाको सक्कल फाइल मगाएको छ । हिक्मत कार्कीको नियुक्ति खारेजी र आफ्नो पुनर्वहालीको माग लिएर सर्वोच्च गएका कार्कीको रिटमा बुधबार सुनुवाइ गर्दै सर्वाेच्चले थप कागजात मगाएको हो ।

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजालसले ती दुई कागजको सक्कल फाइल महान्याधिवक्ताको कार्यालय मार्फत यथाशीघ्र झिकाउन आदेश दिएको छ ।

इजालसले उत्प्रेषण आदेश दिँदै असोज २५ गते ४७ जना सांसदहरूको समर्थनपश्चात नियुक्तिसम्बन्धी फाइल र नियुक्तिपश्चात कात्तिक १ गते ८६ जना सांसदबाट प्राप्त विश्वासको मतसम्बन्धी फाइल सक्कल मगाएको हो ।
यस्तो छ सर्वाेच्चको आदेश