काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरुसँग एकता र सहकार्य गर्ने सम्भावना नरहेको बताएका छन् ।
बुधवार नेपाल समाजवादी विद्यार्थी युनियनको दोश्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष भट्टराईले पुराना राजनीतिक दलहरु सुध्रिने अवस्था नरहेकोले वैकल्पिक नयाँ शक्तिहरुसँग सहकार्य गरेर मुलुकलाई विकल्प दिनुपर्ने बताएका छन् ।
उनले बेपत्ता पारिएकका परिवारलाई न्याय दिन माओवादी केन्द्रसँग सहकार्य गरिएको भएपनि पुष्पकमल दाहाल आफूलाई नै सिध्याउने षड्यन्त्रमा लागेको उनको आरोप छ ।
उनले सहकार्य गरेर गल्ति नगरेको भएपनि बेइमानहरुबाट ठगिएको टिप्पणी गरेका छन् ।
उनले अब युवाहरुले राजनीति गर्नुपर्ने उल्लेख गर्दै समयानुकल राजनीति गर्न युवाहरुलाई आग्रह समेत गरेका छन् ।