images
images

राष्ट्रपतिमा नेम्वाङलाई भोट माग्न वामदेव निवास पुगे ओली

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई आफ्नो पार्टीका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई सहयोग गर्न आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले गौतमलाई भेटन उनकै निवास भैँसेपाटी पुगेर पुगेका थिए । भेटमा पछिल्लो समसामयिक राजनीतिक गतिविधि र राष्ट्रपति निर्वाचनबारे कुराकानी भएको छ।

यसअघि ओलीले नेम्वाङलाई मत माग्दै कांग्रेस बाहेकका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई पत्र लेखेका थिए।

राष्ट्रपतिको निर्वाचन यही २५ गते हुँदै छ। राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट नेम्वाङ उम्मेदवार छन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS