काठमाडौं । राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले खर्च विवरण सार्वजनिक गरेका छन् ।
शुक्रबार निर्वाचन प्रतिनिधि महेश बर्तौलाले निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको विवरण अनुसार नेम्वाङको चुनावी खर्च १६ हजार ५ सय रहेको छ ।
मतदाताहरुलाई एसएमएसमार्फत मत माग्दा १० हजार खर्च भएको उल्लेख गरिएको छ । त्यस्तै मसलन्दमा अरु बाँकी ६ हजार ५ सय खर्च भएको छ ।
बिहीबार सम्पन्न निर्वाचन कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित भएका थिए ।
पौडेलले ३३ हजार २ सय मतभार रहेको थियो भने नेम्वाङको १५ हजार ५१ मतभार रहेको थियो ।