images
images

१८ जिल्लाका प्रहरी प्रमुख र ४५ एसपीको सरुवा

काठमाडौं, १२ जेठ । प्रहरी प्रधान कार्यालय नक्सालले ४५ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । सरुवामा १८ जिल्लाका इन्चार्ज फेरिएका छन् ।

सरुवा सूचिअनुसार १८ जिल्लाका प्रहरी प्रमुखमा पर्सामा सोमेन्द्रसिंह राठौर, चितवनमा दानबहादुर मल्ल, कास्कीमा दानबहादुर कार्की, मोरङमा विश्व अधिकरी, भक्तपुरमा सविन प्रधान तथा काभ्रेमा जयराज सापकोटाको सरुवा भएको छ ।

सिरहामा उमाप्रसाद चतुर्वेदी, कैलालीमा सुदीप गिरी, उदयपुरमा वीरबहादुर बुढामगर, सप्तरीमा मनोज कुमार यादब, नवलपरासीमा मोहन पोख्रेल, सुनसरीमा यज्ञ बिनोद पोखरेल, बर्दियामा राजेश बाँस्तोला, नवलपरासी (पश्चिम)मा लालमणि आचार्य, पाल्पामा श्यामकृष्ण अधिकारी, धनकुटामा सुदर्शन कोइराला, इलाममा हिराबहादुर पाण्डेको सरुवा भएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS