images
images
images

‘दार्चुलाको बस्कोटमा सत्तारूढ पार्टीका कार्यकर्ताले घर र खरका कुन्युहरूमा आगो लगाए’

काठमाडौँ, ११ पुस । नेकपा दार्चुलाले विज्ञप्ति जारी गर्दै जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं ९ बस्कोटमा सत्तारूढ पार्टीका केही व्यक्तिले नेपाल कम्युनिस्ट पार्टीलाई जोडेर गाउँमा जनताको घर र खरका कुन्युहरूमा आगो लगाएको जनाएको छ । पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले अहिलेसम्म कसैलाई पनि कारबाही नगरेको र त्यस्ता आपराधिक कामकारबाही गर्ने पार्टीको कुनै पनि नीति नभएकाले जनताका बीचमा भ्रम छरेर हाम्रो पार्टीलाई बदनाम गराउन केही व्यक्ति सक्रिय भएको सूचना हामीसँग आएको छ । साथै नेकपालाई बदनाम गर्ने उद्देश्यका साथ परिचालित भाडाका टट्टुहरूलाई अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धतासमेत व्यक्त गर्दछौँ ।’

विज्ञप्तिको आरम्भमै भनिएको छ, ‘हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद स्थापनाका लागि निर्मम सङ्घर्ष गर्दै आएको छ । देशमा विद्यमान तमाम समस्याको सामाधान अहिलेको दलाल संसदीय व्यवस्थाले गर्न नसक्ने भएकाले हामी निरन्तर एकीकृत क्रान्तिको माध्यमबाटै वैज्ञानिक समाजवाद स्थापना गर्ने अठोटका साथ अघि बढिरहेका छौँ । एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशाबाट त्रसित प्रचण्ड–वलीमण्डलीले हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाइसकेको छ । दलाल संसदीय व्यवस्थाका मतियारहरूले अहिले पनि हाम्रो पार्टीमाथि दमन गर्नका लागि विभिन्न किसिमका षड्यन्त्र र छलछाम गर्दै आएका छन् ।’

प्तिको पूर्णपाठ….

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS