![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2022/01/novak-jokovich.jpg?fit=900%2C600&ssl=1)
एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोविचले इटालियन ओपन टेनिसको उपाधि जितेका छन्। सर्बियन खेलाडी जोकोविचले कीर्तिमानी ३६ औँ पटक मास्टर्स उपाधि जितेका हुन् ।
युएस ओपन टेनिसका भुलबस बलले खेलपदाधिकारीलाई हिर्काएपछि अयोग्य घोषित भएका जोकोविचले इटालियन ओपनको फाइनलमा डिएगो स्वार्ट्ज्मनलाई ७–५ र ६–३ को सेटमा पराजित गरेका हुन् ।
३३ वर्षका जोकोविचले गएको महिना वेस्टर्न एण्ड साउथर्न ओपनको उपाधि जितेर मास्टर्स उपाधिमा राफायल नाडालको कीर्तिमानसँग बराबरी गरेका थिए । इटालियन ओपनको उपाधि जितेर उनले कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।