images

सन्दीप लामिछाने नेपालको लागि चाहिने खेलाडी हुन : अध्यक्ष चन्द

काठमाडौँ । क्रिकेटर सन्दिप लामिछानेलाई खेलमा फर्काउन कानुन अनुसार अघि बढ्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

बढिने स्पष्ट पारेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बिहीबार आयोजित पत्रकार सम्मेलनमा आईसीसीले भनेअनुसार अघि बढिने बताए ।

उका अनुसार आईसीसीले क्यानलाई सन्दीपको विषयमा कानुन अनुसार अघि बढ्नु भनेको छ ।

उनले भने, ‘सन्दीप लामिछाने नेपालको लागि चाहिने खेलाडी भन्ने कुरामा कुनै दुई मत छैन । आइसीसीले क्यानलाई कानुनअनुसार अघि बढ्नु भनेको छ । हामी त्यो विषयमा सोचिरहेका छौँ ।’

धरौटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा जुटेको चन्दले बताए ।