images

माओवादी स्थायी कमिटीको बैठक सुरू, कमिटी सदस्यहरूले पालैपालो सुझाव दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरू भएको छ ।

बिहीबारदेखि जारी बैठकमा हिजो पहिलो दिन बसेको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समयसामयिक राजनीतिक विषयवस्तु राखेका थिए । उनले राष्ट्रपतिको निर्वाचनमा पार्टीको कदमबारे नेताहरूको राय मागेका छन् ।

आज स्थायी कमिटी सदस्यहरूले पालैपालो सुझाव दिने प्रवक्ता कृष्णबहादुर महराले बताए । यस्तै बैठकमा जिम्मेवारी हेरफेरलगायतका विषयमा पनि छलफल हुनेछ ।