images

बाजुरामा भूकम्पमा परि ४२ परिवार पूर्णरूपमा विस्थापित, चार सय घरमा क्षति

काठमाडौं । मंगलबार बाजुरामा गएको भूकम्पमा परि ४२ परिवार पूर्णरूपमा विस्थापित भएका छन् ।

भूकम्पबाट तीन पालिकाका ४२ परिवार विस्थापित भएका हुन् ।

भूकम्पले हिमाली गाउँपालिकाका १२, गौमुल गाउँपालिकाका १५ र बडीमालिका नगरपालिकाका १५ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

त्यस्तै भूकम्पका कारण झण्डै चार सय घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।