images

पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ अनुसन्धानका लागि सिंगापुर लगिने तयारी

काठमाडौं । पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ अनुसन्धानका लागि सिंगापुर लगिने तयारी भएको छ ।

दुर्घटनाबारे थप अनुसन्धानका लागि ‘ब्ल्याक बक्स’ शुक्रबार सिंगापुर लैजान लागिएको हो ।

उक्त दुर्घटनामा परी चालकदलका सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो ।

सरकारले उक्त घटनाको छानबिनका लागि कार्यदल बनाएको छ । कार्यदलले ४५ दिनभित्र निर्णय दिनुपर्ने भनिएको छ । तर उक्त ‘ब्ल्याक बक्स’ को अध्ययनपछि मात्रै घटनाको कारणबारे पत्ता लाग्ने बताइएको छ ।