images

राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउन माओवादी तयार

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको पहल गर्ने निष्कर्ष निकालेको हो ।

राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ भन्नेमा धेरैले जोड दिनुभएको र राष्ट्रिय सहमति भनेपछि कांग्रेस र एमाले कुनैको नाममा नहुने प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो ।

आफूहरुले राष्ट्रिय सहमति गर्नुपर्छ भनिरहेको भए पनि के हुन्छ यसै भन्न नसकिने पनि प्रवक्ता महराले बताउनुभयो । यसका लागि माओवादीले एमालेसहित सबै पार्टीहरूसँग छलफल गर्ने पनि जनाएको छ ।

अब अर्को बैठक माघ १६ गते बस्ने पनि जनाइएको छ ।

प्रवक्ता महराले फागुन २५ देखि २८ गतेभित्र राष्ट्रपति चयनका लागि निर्वाचन हुने बताउनु भयो ।