images

एसीसी प्रिमियर कप नेपालमा आयोजना गर्न प्रस्ताव

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले नेपाललाई एसीसी प्रिमियर कप आयोजना गर्न प्रस्ताव गरेको छ ।

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाललाई एसीसी प्रिमियर कप आयोजना गर्न प्रस्ताव आएको बताउनुभयो ।

चन्दले एसीसीबाट आएको प्रस्तावमा छलफल भईरहेको समेत जानकारी दिनुभयो । नेपाली क्रिकेटलाई फेरि लयमा ल्याउन आईसीसी विश्वकप लिग–२ को दुई सिरिज आयोजना गर्ने प्रस्ताव गरेको चन्दले बताउनुभयो ।

पहिलो पटक आयोजना हुन लागेको एसीसी प्रिमियर कप एसिया कप तथा इमर्जिङ टिम्स एसिया कपको छनोट खेल हो ।

एकदिवसीय फर्म्याटमा आयोजना हुने प्रिमियर कपमा पहिलो हुने टोलीले एसीयाका टेस्ट टिमहरु सम्मिलित एसिया कप खेल्न पाउनेछ । शीर्ष ३ मा रहने टोली भने इमर्जिङ टिम्स एसिया कपका लागि छनोट हुनेछ ।

प्रिमियर कपमा नेपाल सहित युएई, कुवेत, कतार, ओमान, हङकङ, सिंगापुर, मलेसिया र छनोटबाट आउने दुई टोलीको सहभागिता रहनेछ । यस संस्करणको एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।