images

चितवन क्षेत्र नं २ रिक्त, कहिले हुन्छ उपनिर्वाचन ?

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नं २ रिक्त भएको छ ।

यो क्षेत्रमा अब उपनिर्वाचन हुने भएको छ ।

सर्वोच्चबाट फैसलाको पूर्ण पाठ र औपचारिक जानकारी आएपछि सरकारसँग परामर्श गरेर उपनिर्वाचनको प्रक्रिया सुरू गर्ने निर्वाचन आयोगले जनाएको छ ।
उपनिर्वाचन कहिलेसम्म गर्ने भन्नेबारे कानुनमा स्पष्ट व्यवस्था छैन ।

गत मंसिर ४ गते भएको निर्वाचनमा चितवन क्षेत्र नं २ बाट लामिछाने विजयी भएका हुनुभएको थियो ।