images

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाइ

काठमाडौं ।  राष्ट्रपति विदादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।

शनिबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाललाई गृहमन्त्रालयको कार्यभार तोकेको जानकारी दिएको हो । नागरिकता प्रकरणमा दोषी ठहर भएका रवि लामिछानले गृहमन्त्री पदबाट राजीनामा दिएपछि गृह मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्री दाहालले ले नै सम्हाल्नुभएको हो ।

सर्वाेच्च अदालतले शुक्रबार गरेको फैसलाबमोजिम लामिछानेको वैधानिक नागरिकता नभएकाले त्यस आधारमा उम्मेदवारी दिएर चुनाव जित्नुभएका उहाँको सांसद पद खारेज भएको छ । योसँगै उहाँले शुक्रबारै प्रधानमन्त्री दाहालसमक्ष गृहमन्त्री पदबाट राजीनामा दिएको पत्र बुझाउनुभएको थियो ।

राष्ट्रपतिको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिमा गृहमन्त्रीको राजीनामापछि प्रधानमन्त्रीको सिफारिसमा गृह मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री दाहालले नै सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोकेको उल्लेख छ ।

विज्ञप्तिमा गृहमन्त्री लामिछानेले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिएकाले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहाललाई दिइएको उल्लेख छ ।