images

संसदलाई राष्ट्रिय पञ्चायत जस्तो बनाइएको वरिष्ठ अधिवक्ता त्रिपाठीको आरोप

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सभामुखको कार्यालय पनि हाइज्याक भएको बताउनुभएको छ ।

काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारमा सहभागी हुनबाट रोक्न हेतु नेकपा एमालेले हतारमा सभामुखसँग मिलेमतो गरेर नेपाली काँग्रेसलाई प्रतिपक्ष दलको दर्जा दिन लगाइएको बताउनु भयो ।

उहाँले संसदलाई राष्ट्रिय पञ्चायत जस्तो बनाइएको आरोप लगाउनु भयो । संसदमा कुनैपनि प्रतिपक्ष नरहेको जिकरि गर्दै संसदलाई सत्तापक्ष नै बनाउनु भनेको संसदीय प्रणालीको मुल मर्म र आत्मामाथिको प्रहार भएको बताउनु भयो ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले अहिलेका पार्टीहरुसँग नेशन्स बिल्डिङ र ट्रान्सफरमेसनको कुनै एजेण्डा नभएको बताउनु भयो । उहाँले राजनीतिक पार्टीहरु एजेण्डा र विचार बिहीन भइसकेको बताउँदै पार्टीहरुलाई दासहरुको कुम्भ भेलाको संज्ञा दिनुभयो ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले संविधानले एउटा सेरमोनियल राष्ट्रपतिको परिकल्पना गरेको र संविधानका विद्यार्थीले राष्ट्रपतिसँग कार्यकारी अधिकार नरहने भनेपनि पछिल्लो समय कार्यकारी अधिकार सिंहदरबारबाट सरेर शितलनिवास पुगेको बताउनु भयो ।