images

रवि लामिछानेले आज नागरिकता पुनः प्राप्तिको प्रक्रिया थाल्ने

काठमाडौं । गत शुक्रबार सर्वोच्च अदालतको फैसलाबाट संसद तथा सरकारबाट बहिर्गमनमा पर्नुभएका रवि लामिछानेले आज नागरिकता पुनः प्राप्तिको प्रक्रिया थाल्नुहुने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी स्रोतका अनुसार लामिछानेले आज जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रमाणपत्र लिन निवेदन दिनुहुनेछ ।

अमेरिकी नागरिकता त्यागे पनि नेपालको नागरिकता पुनःप्राप्तिको प्रक्रिया पूरा नगरी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति तथा सांसद बन्नुभएका लामिछानेको नागरिकता अवैध ठहर भएपछि उँहाको सांसदसँगै मन्त्री पद खारेज भएको थियो ।

लामिछानेको सांसद र मन्त्री पदसँगै पार्टी प्रमुखको पद पनि गुमेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यबाहक सभापतिको जिम्मा डोलप्रसाद अर्यालले पाउनु भएको छ । लामिछानेको निर्वाचन क्षेत्र चितवन–२ मा भने उपनिर्वाचन हुने भएको छ ।