काठमाडौं । अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज नेपाल आउँदै हुनुहुन्छ ।
नेपालमा निर्वाचनबाट नयाँ सरकार बनेपछि पहिलो पटक अमेरिकी उच्च अधिकारी नेपाल आउन लाग्नु भएको हो ।
दुई दिन नेपालमा रहँदा नुल्याण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई पौड्याललगायतसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नुल्याण्डको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।