images

बढ्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आज आइतबार सुनको मूल्य बढेको छ ।

आइतबार २ सय रूपैयाँले बढेर एक लाख ६ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ५ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार भने सामान्य घटेको हो ।

त्यस्तै तेजावी सुन प्रतितोला एक लाख ५ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने आइतबार १५ रूपैयाँले घटेर १ हजार ३६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।