images

नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगे लामिछाने, समर्थकको भिड

काठमाडौं । रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् ।

उनका समर्थक पनि जिल्ला प्रशासन कार्यालय पुगेका छन् । जसका कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भीड बढेको छ ।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक आदेशले लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै नागरिकता लिने प्रक्रिया पुरा गर्न आदेश दिएको थियो ।

लामिछानेले नागरिकता लिनका लागि गृह मन्त्रालयसँग समेत परामर्श गरेका थिए । गृहले नियमित प्रक्रियाबाट नागरिकता लिन सकिने बताएपछि उनी सोहीबमोजिम प्रशासन पुगेका हुन् ।

उनले अब नयाँ नेपाली नागरिकताको प्रमाणपत्र पाउन अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुराना नागरिकताको प्रमाणपत्र र प्रतिलिपी बुझाउनुपर्ने हुन्छ ।