images

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ ।

सर्वोच्चको आदेशपछि लामिछानेले राजीनामा दिएपछि पहिलो पटक रास्वपाको बैठक बस्न लागेको हो ।

केन्द्रीय सदस्य र सांसदलाई राखेर बैठक बस्न लागेको बताइएको छ ।

लामिछानेले नागरिकता प्राप्त गरेपछि दिउँसो बैठक बस्ने तयारी गरिएको र पछिल्लो राजनीतिक घटनाक्रमपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।