images

कोरोना संक्रमणका कारण जापानमा एक महिनामा १० हजार बढीको मृत्यु

एजेन्सी । बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस पछिल्लो समय जापानमा तीब्र रुपमा फैलिएको छ। संक्रमणबाट पछिल्लो एक महिनामा १० हजार बढीको मृत्यु भएको जापानी सञ्चार माध्ययमले जनाएको छ ।

जापानमा एकै महिमामा १० हजार बढीको मृत्यु भएको यो पहिलो पटक हो।

शनिबार देशभर कोभिडका कारण २५२ जनाको मृत्यु भएको छ। योसँगै कोभिडका कारण जनवरी महिनामा १० हजारभन्दा बढीको मृत्यु भएको हो।

प्रान्त सरकारहरूको विवरणअनुसार जनवरीको २८ तारिक शनिबारसम्म यो महिनामा १० हजार १२४ जना बिरामीको मृत्यु भएको जापान टाइम्समा उल्लेख छ।

केही महिना अघिदेखि कोरोना संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्या बढेको हो।

डिसेम्बरमा महिनामा ७ हजार ६०० जनाको मृत्यु भएको थियो। जनवरीको अन्तिम साता भने दैनिक रूपमा थपिने नयाँ संक्रमितको संख्या केही घटेको छ।

कोरोना संक्रमणको जोखीमलाई कम गर्न त्यहाँका अधिकांश विद्यालयहरूले अनलाइन ‘क्लाश’ सञ्चालनमा ल्याएका छन् । । यसका साथै, त्यहाँ भीडभाड कम गर्न सरकारले आदेश पनि दिएको छ ।