images

रवि लामिछानेले पुन : पाए नेपाली नागरिकता

काठमाडौं । काठमाडौं । रवि लामिछानेले पुन : नेपाली  नागरिकताको प्रमाणपत्र लिएका छन् ।

उनी आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार लामिछानेको पुन नागरिकता कायम भएको बताए ।

गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएको थियो । अदालतको फैसलापछि लामिछानेले शुक्रबार नै प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष पदबाट राजीनामा दिएका थिए ।

सर्वोच्च अदालतले नागरिकतामा दोषी ठहर गरेपछि मन्त्री, सांसद र पार्टी सभापति पद एकसाथ गुमाएका लामिछाने नयाँ नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका थिए ।

उनी अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका थिए ।