images

पाकिस्तानको बलुचिस्तान प्रान्तमा बस दुर्घटना हुँदा ४१ यात्रुको मृत्यु

एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तमा बिहान भएको बस दुर्घटनामा परी ४१ जना यात्रुको मृत्यु भएको छ ।

क्वेटाबाट कराँचीतर्फ जाँदै गरेको उक्त बस सडकबाट तल खसेको थियो । सो बसमा ४८ जना यात्रुहरु रहेका थिए ।

तीब्र गतिमा रहेको सो बसले यू–टर्न लिन खोज्दा पुलको खम्बामा थोकिएर तल खसेको थियो । खसेपछि आगो लागेको त्यहाँका अधिकारीले स्थानीय सञ्चार माध्यमलाई जानकारी गराएको छ ।

दुर्घटनामा परेको सो बसबाट एकजना बच्चा र महिलालाई सकुसल उद्दार गरिएको छ ।