images

व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर विरुद्ध प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको विरुद्धमा विरोध प्रदर्शन भएको छ ।

आइतबार मेयर शाहको डोजर आतंकविरुद्ध काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको हो । 

काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले माइतीघरमा भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।