images

ईटहरीमा सडक ओगटेर बनाइएका संरचना हटाउने अभियान सुरु

ईटहरी । कोशी राजमार्ग अन्तरगत इटहरी क्षेत्रमा सडक राजमार्ग ओगटेर बनेका भौतिक संरचनाहरूमा इटहरी उपमहानगरले डोजर चलाउन सुरु गरेको छ ।

इटहरी उपमहानगरपालीकाले इँटहरीको विराटनगर लाइन अथवा रोडमा परेका घरहरूमा ड्रोजर लगाएर भत्काउन सुरु गरेको हो । रानी विराटनगर जोगवनी किमाथांका ६ लेन राजमार्ग अन्तरगत सडक क्षेत्रभित्र पर्ने घर टहरा हटाउने अभियान सुरु भएको हो ।

यस्तै , इटहरी क्षेत्र भएर दैनिक हजारौ सवारीसाधन, यात्रु तथा सर्वसाधारणहरु आवतजावत गर्ने हुदा आसपासका संरचनाले गर्दा सडक साँघुरो हुनुका साथै ६ लेन सडक नीर्माण परियोजनाले पनि पुर्णता पाउन सकेको थीएन । सडक आसपासका संरचना हटाउदा आवतजावतमा सहज हुने स्थानीय को भनाई छ ।

उपमहानगरले विराटनगर लाइन स्थित सरोज चौधरि र लक्ष्मी श्रेष्ठ र रिद्धीसीद्धी इम्पोरीम लगायतको भवनबाट भत्काउन सुरु गरीएको हो ।

पटक पटक सूचना जारी गर्दा पनि घरधनीहरूले अटेर गर्दै आएकोमा शुक्रवार अचानक डोजर चल्न थालेपछि केही समय सम्म विवाद उत्पन्न भएको थियो ।