images

ग्वार्कोमा कार र ट्याक्सी ठोक्किँदा २ जनाको मृत्यु, ६ जना घाइते

काठमाडौं । ललितपुरमा कार र ट्याक्सी एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

दुर्घटनामा ट्याक्सीमा सवार ६ जना र कारमा सवार २ गरी ८ जना घाइते भएका थिए ।

ट्याक्सीमा सवार ललितपुरको ताल्चीखेल बस्ने सुनसरीका सरोज कुमार बिक र कारमा सवार काठमाडौंको कलंकी बस्दै आएका मोरङका धनबहादुर बस्नेतको उपचारको क्रममा बिएण्डबी अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते भएकामध्ये कार चालक कलंकी बस्ने झापाका वीरबहादुर बिकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।