images

उच्च स्तरिय भेटवार्तामा व्यस्त अमेरिकी उपविदेश मन्त्री नुल्यान्ड, दाहाल, देउवा र ओलीसँग छुट्टाछुट्टै भेट

काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेश मन्त्री भिक्टोरिया नुल्यान्डले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छिन्।

ओली निवास बालकोटमा भएको भेटमा द्वीपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको छ।

च्यस्तै आज बिहान धुम्बाराहीस्थित निवासमा पुगेर उनले सभापति देउवासँग पनि भेटवार्ता गरेकी छिन् ।

भेटवार्तामा द्विपक्षीय सम्बन्ध र लोकतन्त्र, विकास तथा सुशासनमा सहयोग अझ सुदृढ बनाउने उपायबारे छलफल भएको बताइएको छ ।

आइतबार साँझ काठमाडौं आइपुगेकी न्युल्यान्डले यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहालसंग पनि भेटवार्ता गरेकी छिन् ।