images

माओवादी केन्द्रको स्थायी समिति बैठक दुई दिन पछि सारियो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक दुई दिन पछि सारिएको छ ।

पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सोमबार बोलाइएको पदाधिकारी बैठकमा नेताहरुको कार्य विभाजनको विषयमा कुरा नमिलेपछि माघ १७ गतेका लागि सारिएको स्थायी समिति बैठक माघ १८ गतेका लागि बोलाउने निर्णय गरिएको हो ।      

पार्टीको संगठनसम्बन्धि होमवर्क नसकिएकाले मंगलबार पनि पदाधिकारी बैठक बसेर आवश्यक निर्णय गरी स्थायी समिति बैठक पर्सीका लागि सार्ने निर्णय गरिएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

बैठकमा गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल नभएको पनि उपाध्यक्ष महराले बताउनुभयो ।