images

नेपाल-अमेरिका सम्बन्ध र सहकार्य अझै अगाडि बढ्छ : उपविदेश मन्त्री नुल्याण्ड

काठमाडौं । अमेरिकी उपविदेश मन्त्री भिक्टोरिया नुल्याण्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि बढाउने बताउनुभएको छ ।

सोमवार ललितपुरमा पत्रकार सम्मेलन गरी दुई दिने नेपाल भ्रमणमा रहनुभएकी उहाँले यस्तो बताउनुभएको हो ।

उपविदेश मन्त्री नुल्याण्डले नेपालको आर्थिक विकासमा अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) परियोजनामार्फत सहयोग गरिरहेको पनि स्पष्ट पार्नुभएको छ ।

उहाँले अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा, साईबर क्राइमका क्षेत्रमा भइरहको अपराधलाई रोक्न नयाँ टेक्नोलोजीमा सहयोग गर्ने विषयमा आगामी दिनमा झनै सशक्त बनाउँदै जाने प्रतिवद्धता जनाउनुभयो । उपविदेश मन्त्री नुल्याण्डले नेपालको नयाँ सरकारले अमेरिका र नेपालबीचको सम्बन्धलाई झनै सुमधुर बनाएर लैजानेमा आशावादी रहेको बताउनुभयो ।

उपविदेश मन्त्री नुल्याण्डले पाटन दरबार स्क्वायरको समेत अवलोकन गर्नुभएको थियो । आज नै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नुभएको थियो ।