images

आज पनि माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दैछ ।

बैठक मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । सोमबारबाट सुरु भएको पदाधिकारी बैठक आज पनि बस्न लागेको हो ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृहमन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने बताइएको छ ।

यसअघि बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने निर्णय गरेको छ । 

प्रधानमन्त्रीमा नियुक्त हुनुपूर्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति एमालेलाई दिने बताएपनि अहिले आएर विवाद भएको छ ।