images

रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

मंगलबार बिहान पूर्व गृहमन्त्री समेत रहेका लामिछाने प्रधानमन्त्री भेट्न बालुवाटार पुग्नुभएको हो ।

सर्वोच्च अदालतले नागरिकता अवैध घोषणा गरेपछि गृहमन्त्री पद गुम्दा लामिछाने पुनः सोही पदमा फर्कनका लागि दौडधुपमा रहेका छन् ।

पार्टीले आधिकारिकरुपमा गृहमन्त्री फेरि पाउनुपर्ने दाबी पेस गरेको छ ।

यता, राहदानी दुरुपयोगको विषय अनुसन्धानमा नै रहेको बेला लामिछानेले तालुकदार मन्त्रालयमा फर्कन आशक्ति देखाएको भन्दै आलोचनासमेत भइरहेको छ ।