images

प्रतितोला ५ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । आज मंगलबार मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य मंगलबार ५ सय रूपैयाँले बढेर एक लाख ५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख ५ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य भने मंगलबार स्थिर रहेर १ हजार ३६५ रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि सोमबार सुन प्रतितोला एक लाख ६ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।