images
images

गृह मन्त्रालयबारे तत्काल निर्णय नलिने प्रधानमन्त्रीको अडान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल कसैलाई गृहमन्त्री नबनाउने प्रष्ट पार्नुभएको छ ।

मंगलबार बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले गृह मन्त्रालयबारे तत्काल निर्णय नगर्ने जानकारी गराएको प्रवत्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो।

प्रधानमन्त्री दाहालले सर्वोच्च लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्ण पाठ नआउञ्जेलसम्म गृह मन्त्रालयबारे नर्णिय नगर्ने बताएको प्रवत्ता महराले जानकारी दिनुभयो ।

गत शुक्रबार नागरिकता मुद्दामा रवि लामिछानेको सांसद पद सर्वोच्चबाट बदर भए पछि प्रधानमन्त्री आफैंले गृह मन्त्रालय सम्हालिरहनु भएको छ ।

 

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS