images

हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान गर्न ‘डिएनए’ परीक्षण शुरु

काठमाडौं । पोखरामा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान गर्न ‘डिएनए’ परीक्षण शुरु भएको छ ।

दुर्घटनामा परी शव अत्यधिक जलेको कारणले डिएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण शुरु गरिएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा.गोपालकुमार चौधरीले बताउनु भयो ।

चौधरीका अनुसार नेपाल प्रहरीको डिएनए प्रयोगशालामा शव पहिचान सुरु गरिएको हो । उँहाले परिवारको नमुना संकलन र छ जना शवको हड्डी र दाँतको डिएनए निकाली प्रयोगशालामा पठाइसकेको जानकारी दिनुभयो ।

यो विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने जनाइएको छ ।