images
images

प्रहरीले लिएन लामिछानेविरुद्ध जाहेरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ।

खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै उनलाई राहदानी ऐनअनुसार कारबाही गर्न माग गर्दै युवराज सफल ९पौडेल० जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पुगेका थिए । तर प्रहरीले उनको जाहेरी दर्ता गर्न अस्वीकार गरेको हो ।

उनको जाहेरी दर्ता अस्वीकार गर्दै नागरिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआइसकेकाले दर्ता गर्न नमिल्ने त्यहाँका प्रहरी अधिकारीहरुले बताएका थिए।

नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआइसकेकाले जाहेरी दर्ता नगरिएको प्रहरीले जनाएको छ ।

पौडेलले लामिछानेविरुद्ध अध्यागमन विभाग कालिकास्थानमा पनि जाहेरी बुझाएका छन्। यद्यपि अध्यागमन विभागले पनि जाहेरी दर्ता गरेको छैन।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS