images

सत्ता गठबन्धनभित्रको समस्या छिटै समाधान हुने प्रधानमन्त्री दाहालको दावी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको विवाद समाधान हुने बताएका छन् ।

शनिबार बसेको स्थायी कमिटीको बैठक पछि सञ्चारकर्मीहरुको प्रश्नाको जवाफ दिँदै यस्तो बताउनुभएको हो ।

रास्वपाले दिएको अल्टिमेटम सकिँदैछ भन्ने प्रश्नमा प्रधानमन्त्री दाहालले अहिले कुरा हुँदै छ, समस्या समाधान हुन्छ भन्नुभयो । रास्वपाले गृह मन्त्रालय आफूले नै पाउनुपर्ने अडान राख्दै गृह नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो ।

बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिनको समय दिएको थियो । उक्त समय आज सकिदै छ ।

माघ १३ गते सर्वाेच्च अदालतले रास्वपाका सभापति समेत रहेका रवि लामिछानेलाई नागरिकता विवादका कारण सांसद बन्न अयोग्य ठर्हयाएको थियो । त्यसपछि उनले नागरिकता पुनस्प्राप्ति गरेका थिए । रास्वपाले गृह मन्त्रालय पाए सांसद वा गैरसांसदलाई पठाउने निर्णय भने गरिसकेको छैन ।