images

थाई स्माइलका कर्मचारीसंग घुसका लागि बार्गेनिङ गरेको पाइएपछि त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनमा

काठमाडौं । त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन्।

थाई स्माइल एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङलाई निरन्तरता दिन एयरलाइन्सका प्रतिनिधिसँग घुसका लागि बार्गेनिङ गरेको पाइएपछि विमानस्थलका महाप्रबन्धक ठाकुरलाई निलम्बन गरिएको हो ।

गैरकानुनी लाभ लिन गरेको कुराकानीको श्रव्य दृश्य सामग्री प्राप्त भएपछि महाप्रबन्धक ठाकुरलाई निलम्बन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले जानकारी दिए ।

ठाकुरले गैरकानुनी रूपमा थाई स्माइलबाट लाभ लिने गरी उक्त अडिओमा कुरा गरेको बताइएको छ।

उक्त अडिओको छानबिन गर्न मन्त्रालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई अनुरोध गरेको छ।