images

हिउँदे वर्षा नहुँदा खाद्य चक्रमा समस्या पर्ने विज्ञहरुको चेतावनीे, फागुन १६ गतेसम्म ठूलो वर्षाको सम्भावना न्यून

काठमाडौं । जलवायु परिवर्तनका कारण हिउँदे वर्षा नहुँदा खाद्य चक्रमा समस्या पर्नसक्ने भन्दै विज्ञहरुले सरकारले खाद्य सुरक्षामा शतर्कता अपनाउनुपर्ने सुझाव दिएका छन् ।

जलवायु परिवर्तनका कारण विगतको तुलनामा यस पटक हिउँदमा हुने वर्षामा कमी आएको विज्ञहरुको भनाइ छ । देशका अधिकांश स्थानमा वर्षा हुन नसकेकाले हिउँदमा हुने खाद्यान्न उत्पादनमा कमी हुनुका साथै अन्य वातावरणीय समस्याहरु उत्पन्न हुनसक्नेप्रति सरकारलाई सचेत गराएका हुन् ।

फागुन १६ गतेसम्म पनि ठूलो वर्षा सम्भावना नरहेको विज्ञ बताउछन् ।