images
images

आन्दोलनरत चिकित्सकहरू काममा फर्कन तयार

काठमाडौं । चिकित्सक संघले आज घोषणा गरेको देशभरको अस्पतालको आकस्मिक बाहेकका सेवा नदिने आन्दोलनको कार्यक्रम स्थगित गरेको छ। चिकित्सक संघका प्रतिनिधि र सरकारी टोलीबीच सहमति भएपछि संघले हाललाई आफ्नो सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहानैदेखि वार्ता भएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बिहान सरकारी टोली र संघबीच भएको वार्तापछि ६ बुँदे सहमति गर्दै जारी आन्दोलन फिर्ता लिएर चिकित्सकहरू काममा फर्कन तयार भएका हुन्।

वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा.गणेश पाण्डे र चिकित्सकहरुको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्की नेतृत्वको टोली सहभागी थिए ।

माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सकलाई सुरक्षाकर्मीले लाठी प्रहार गरेर घाइते बनाएको भन्दै नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरूले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेपछि आज काठमाडौंका ठूला सरकारी अस्पतालको सेवा प्रभावित भइरहेको थियो।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS