images

कालीगण्डकीमा बस खस्दा २ भारतीयसहित १७ जना घाइते

काठमाडौं । मुस्ताङको जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका–३ कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् ।

ना ७ ख ७४४० नम्बरको बस नदीमा खस्दा बसमा सवार सबै यात्रु घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस करिब ४५ मिटर तल खसेको हो ।

बसमा चालकसहित १८ जना सवार थिए । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र लेतेमा सामान्य उपचारपछि पोखरा पठाइएको छ ।