images
images

प्रधानमन्त्रीले दिए क्रिकेट खेलाडीलाई बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्कटल्याण्डलाई पराजित गर्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

मंगलबार भएको आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन खेलमा नेपालले स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको हो ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दाहालले क्रिकेट खेलाडीलाई बधाई तथा शुभकामना दिएका हुन् ।

प्रधानमन्त्रीले भनेका छन्, “आइसिसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि दुई विकेटको रोमाञ्चक जित हात पार्दै घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेकोमा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै सम्पूर्ण खेलाडीको निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS