images
images

क्रिकेटर लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । सर्वोच्च अदालतलले क्रिकेटर सन्दीप लामिछानेको मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ । आज आइतवार बहस नसकिएपछि लामिछानेको मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो ।

नाबालिग बलात्कार मुद्दाका आरोपित सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडेपछि उनलाई पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो । त्यस्तै सन्दीप लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । अब यो मुद्दामा यही इजलासमा सोमबार सुनुवाइ हुनेछ ।

न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज ती निवेदनमा सुनुवाइ सुरू गरेको थियो। बहस नसिकएपछि सुनुवाइ हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ।

आज लामिछानेका तर्फबाट बरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्ण सापकोटा, मुरारी सापकोटाले बहस गरेका थिए। महान्यायाधिवक्ताको कार्यालयका तर्फबाटरू सहमहान्यायाधिवक्ता सञ्जीवराज रेग्मीसहित २ जनाले र पीडितका तर्फबाट तीन जना निजी वकिलले बहस गरेका थिए।

लामिछानेका वकिलहरू सरोजकृष्ण घिमिरे, रोशनी घिमिरेलगायतले बहस गर्न बाँकी छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS