images
images

प्रधानमन्त्री प्रचण्डको कतार भ्रमण रद्द

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कतार भ्रमणमा नजाने भएका छन्।

प्रधानमन्त्री प्रचण्डको १९ देखि २२ फागुनसम्मका लागि तय भएको कतार भ्रमण एकाएक रोकिएको हो।

प्रधानमन्त्री प्रचण्ड अतिकम विकसित राष्ट्रहरूको पाँचौं सम्मेलनमा भाग लिन कतार जाने योजनामा थिए।

राष्ट्रपतिको निर्वाचन, गठबन्धनको भविष्य, राजनीतिक परिस्थितिलगायत कारण भ्रमण रद्द भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए।

राष्ट्रपतिको निर्वाचन तथा स्वास्थ्य अवस्थाको कारण प्रधानमन्त्रीको साटो उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ कतार जाने तयारीमा रहेको शर्माले जानकारी दिए ।

आइतबार मात्रै परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकिदिएका थिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS