images

यस्तो छ सहिद स्मारक ‘ए’ डिभिजन लिगको इतिहास

काठमाडौं ।  सहिद स्मारक ए–डिभिजन लिग नेपालको पहिलो, सर्वाधिक ठूलो र स्तरीय फुटबल लिग हो । यस लिगमा नेपालका उत्कृष्ट फुटबल क्लबहरुबीच प्रतिष्पर्धा हुँदै आएको छ ।

नेपालमा व्यवसायिक खेलाडीहरु जन्माउन यस लिगको महत्वपूर्ण भूमिका छ । नेपाली फुटबल लिगको इतिहासलाई मूख्यतः दुई भागमा विभाजन गरिएको छ । वि.सं. २०४६ साल अघिको पहिलो काल र २०४६ पछिका आधुनिक लिगहरु । इतिहास केलाउँदा यो लिगले धैरै उतारचढाव ब्यहोरेको छ ।

२०४६ साल अघि
लिग फुटबलको अवधारणा ल्याउने पहिलो व्यक्ति नरशमशेर ज.ब.रा. हुन । विं. सं. २००४ सालमा अनौपचारिक रुपमा स्थापना भएको नेपाल फुटबल संघको हर्ताकर्ता उनै थिए । वि.स.२००७ साल तिर भारतीय मोहम्दन स्पोर्टिङ क्लबबाट व्यवसायिक फुटबल खेलेका नरशमशेरको फुटवल विकासको अवधारणाले वि.सं. २०११ मा मात्र मूर्तरुप पायो ।

२०११ सालबाट नेपालमा लिग फुटबलको सुरूवाट भयो । यति बेलासम्म राणा, दरबार हुदै फुटबल खेल केही हदसम्म जनताहरूसम्म पुगिसकेको थियो । २०४६ अघिका लिगका तथ्यांकहरू स्पष्ट छैनन तर तत्कालीन अवस्थामा यसले फुटबलको संरचना स्थापना गर्न ठूलो मद्दत गर्यो ।

२०४६ साल पछि
२०४६ सालयता लिग निरन्तर हुन सकेन । २०५२ मा आएर पहिलो लिग भयो । २०५४ मा सिंगल लिग भयो । २०५७ र २०६० पनि सिंगल लिगमै भए । २०६१ मा सुपर सिक्स अवधारणामा खेलाइयो । थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, मनाङ– मर्स्याङ्दी क्लब, नेपाल आर्मी क्लब, फ्रेन्ड्स क्लब र जावलाखेल युथ क्लब शीर्ष ६ स्थानमा रहे ।

एन्फाले एसियाली फुटबल महासंघ (एएफसी) को आदेश भन्दै २०६२ र २०६३ डबल लिग अनिवार्य बनायो । त्यसपछि ४ वर्ष लिग हुन सकेन । त्यसपछि २०६६–६७ मा लिग फेरी सुरु भएको इतिहास छ ।

इतिहास वर्तमानको कारण हो । त्यसैले आज नेपाली फुटबलको स्तर जहाँ छ, त्यसमा लिगको महत्वपूर्ण भूमिका छ । तर यसलाई अझ व्यवस्थित गर्न आवश्यक देखिएको छ ।